काठमाडौं- प्रदर्शनको ५१औं दिन मनाइरहेको दीपाश्री निरौला निर्देशित 'छक्का पञ्जा २' ले १५ करोड रूपयाँको ग्रस कारोबार गरेको छ। फिल्मका निर्माता, कलाकार तथा पटकथाकार समेत रहेका दीपकराज गिरीले सो जानकारी दिएका हुन्।
असोज ११ गते रिलिज भएको फिल्म हाल देशभरका करिब एक दर्जन हलमा प्रदर्शन भइरहेको छ। बक्सअफिसमा सुरूदेखि नै आक्रामक व्यापार गर्न सफल फिल्मले त्यस अवधिमा प्रदर्शनमा आएका हलिउड तथा बलिउड फिल्मको व्यापारलाई समेत प्रभावित पारेको थियो।
१५ करोड ग्रसको व्यापार गरे पनि फिल्मले पहिलो सिक्वेलको ग्रस कमाइलाई भने पार गर्न सकेन। पहिलो शृंखलाले करिब १८ करोड ग्रस व्यापार गरेको दाबी गरिँदै आएको छ।
दीपकराज गिरी, दिपाश्री निरौला र विकास आचार्यको संयुक्त लगानी रहेको छक्का पञ्जामा दीपकसहित प्रियंका कार्की, शिवहरि पौडेल, जितु नेपाल, केदार घिमिरे, वर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल लगायत कलाकारहरुको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।