एजेन्सी- कमेडियन हुँदै बलिउड अभिनेतासमेत बनिसकेका कपिल शर्माको कमेडी शो उनको गिर्दो स्वास्थ्यका कारण बन्द भइसकेको छ।
हाल उनी आफ्नो अगामी रिलिज 'फिरंगी'को प्रचारमा व्यस्त छन्। आफ्नो शोको सुटिङमा आउने कलाकारलाई घन्टौं कुराउने आरोप खेप्दै आएका कपिलले फेरि अर्का बलिउड अभिनेतालाई ५ घन्टासम्म कुराएका छन्।
उनले अभिनेता अक्षय कुमारलाई यसरी कुराएका हुन्।
आगामी फिल्म 'फिरंगी'को प्रचारका लागि कपिलको कमेडी कार्यक्रम 'दी ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज'मा सुटिङ गर्नु थियो तर उनी समयमा पुग्न असफल रहे। उनी नआएपछि उनीबिना नै कार्यक्रममको सुटिङ गरिएको थियो।
रिपोर्टका अनुसार कार्यक्रमको सुटिङ बिहान चाँडै गर्ने तय भएको थियो तर कपिलको आग्रहमा सुटिङ ११ बजेलाई सारियो। सेटमा १०:३० बजेको समयमा सबै पुगिसकेका थिए तर कपिल झुल्किएनन्। फोन पनि स्वीचअफ थियो। युनिटले उनलाई २ बजेसम्म कुर्यो। धेरै कुर्नुपरेपछि अक्षयले कपिलबिना नै सुटिङ गर्न सुझाए।
करिब ५ घन्टा सम्पर्कबाहिर रहेका कपिलका सहयोगीले पछि कपिलको स्वास्थ्य ठिक नभएकाले आउन नसकेको जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।