फूलपातीबाट प्रदर्शनमा आएको 'छक्का पञ्जा २'ले बिहिबार ५१ औं दिन मनाउने भएको छ। फिल्मले ५१ दिन मनाइरहँदा फिल्मका निर्माता,कलाकार तथा पटकथाकार दीपकराज गिरीले फिल्मले मध्यान्तर पछि लय गुमाएको स्वीकार गरेका छन्।
फेसबुकमा बिहान एक स्टाटस लेख्दै गिरीले सो कुरा स्वीकार गरेका हुन्। उनले फिल्मको सोद्रो सिक्वल पहिलेको तुलनामा कमजोर बनेको पनि स्वीकार गरेका छन्। फिल्म रिलिज पश्चात फिल्म गरिएको प्रस्तुतिमा कानुन व्यवसायी, महिलावादी तथा विद्यार्थी कन्सलटेन्सी संचालकहरूले भर्म छरिएको भन्दे चर्को आलोचना गरेका थिए।
फेसबुक स्टाटसमा दीपक लेख्छन, 'सबै वर्ग लाइ यस्ले आनन्दित तुल्याउन सकेन। चलतित्र मध्यान्तर अघि पूर्ण मनोरनज्नात्मक बने पनि त्यसपछि कथा बाचन शैली कठिन हुन गएकोले सोचे जत्तिको खुराक उपलब्ध गराउन सकिएन होला , कथालाई पूर्ण बिराम लगाउनु पर्ने बाध्यता र थुप्रै पात्रहरूलाई न्याय गर्नु पर्ने दबाबले चलचित्रले मध्यान्तर पछि केहि लय गुमाउन पुगेकै हो , गीत संगीत पहिलाको तुलनामा उत्कृष्ट हुन सकेन।'
त्यससँगै दीपकले फिल्मको कमजोरीका बाबजुत पनि दर्शकले हलमा आएर फिल्मलाई देखाएको मायाका लागि धन्यवाद दिएका छन्।
दीपकको फेसबुकको सम्पादित अंश :
आज विशेष दिन, केहि मनका कुरा.........
“छक्का पन्जा २ “ .......आज प्रदर्शनको ५१ औ दिन
मनाउदैछौ हामी, हाम्रो यो चौथो चलचित्र थियो, यस पटक हामिलाइ फलामको च्यूरा चपाए जस्तो पनि भयो
सुरू देखि भिन्न भिन्न प्रकारको आक्रमण लाइ झेल्दै आयौ,।
गीत विवाद, वितरकहरू को तानातान, केहि
प्रदर्शकहरूको अवरोध , आफ्नै क्षेत्रका जुधाइहरू,
यसका बाबजूद पनि दर्शकहरूको अपार मायाले यो चलचित्र पनि थुप्रै कीर्तिमानहरू कायम गरेर, आजसम्मकै दोस्रो ठूलो व्यापार गर्न सफल चलचित्र हुन पुग्यो।
हामीलाई थाहा छ हाम्रो यो फ़िल्म १ को तुलनामा कमजोर थियो, किनकी यसको विषयवस्तु पछिल्लो फिल्मको जस्तो सबैले बुझ्ने सरल थिएन। युवावर्गको विदेश मोहलाई उठाइएकोले सबै वर्गलाई यस्ले आनन्दित तुल्याउन सकेन।
चलतित्र मध्यान्तर अघि पूर्ण मनोरनज्नात्मक बने पनि त्यसपछि कथा वाचन शैली कठिन हुन गएकोले सोचे जत्तिको खुराक उपलब्ध गराउन सकिएन होला। कथालाई पूर्ण विराम लगाउनु पर्ने बाध्यता र थुप्रै पात्रहरूलाई न्याय गर्नु पर्ने दबाबले चलचित्रले मध्यान्तर पछि केहि लय गुमाउन पुगेकै हो। गीत संगीत पहिलाको तुलनामा उत्कृष्ट हुन सकेन।
हास्न मात्रै चाहने दर्शकहरूको तिर्खा पूर्ण रूपमा मेटिएन होला, तर यसका बावजूद पनि दर्शक हलमा थामिएनन। कहिल्यै नओर्लिएको भीड़ ओर्लियो। छक्का पन्जा १ लाई जस्तै माया दिए।
कारण थियो.........हामी माथिको दर्शकको अगाध विश्वास ...। एकातिर सामाजिक संजालमा चलचित्रमाथि सुनियोजित आक्रमण भैरहेको थियो। कमजोरी ४ वटा थिए तर त्यललाई ४० वटा बनाइदै थियो। तथापि त्यसलाई वेवास्ता गर्दै दर्शक हल हलमा आइरहेका थिए। हामीसँगै रिलीज़ भएको बलिउडको सुपरहिट फ़िल्महरू फुच्चे साबित भए ।
यो दुर्लभ उपलब्धि मा खुशि छौ, आफ्ना कमि कमजोरी पनि बुझने मौका पायौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।