एजेन्सी- श्री राजपुत कर्नी सेनाले फिल्म 'पद्मावती'को रिलिज नरोके भारत बन्द गर्ने चेतावनी दिएको छ। निर्देशक सञ्जय लीला भन्सालीले आफ्ना मागको सम्बोधन नगरेको भन्दै क्षुब्ध बनेको सेनाले डिसेम्बर १ मा रिलिज हुन लागेको फिल्म रोक्न माग गरेको छ। यदि मागको सुनुवाइ नभए भारत बन्द गरी फिल्म रिलिज हुन नदिने सेनाको चेतावनी छ।
फिल्ममा 'पद्मावती'लाई सार्वजनिक रूपमा नाचेको देखाएको र त्यो ऐतिहासिक तथ्य विपरीत भएको उनीहरूको भनाइ छ। सेनाले फिल्मको रिलिज अगाडि देशभरका मुख्य सहरमा फिल्मविरूद्ध प्रदर्शन गर्ने नजाएको छ।
उनीहरूले यस मामिलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हस्तक्षेप गर्नुपर्ने अनुरोधसमेत गरेका छन्।
केही दिनअगाडि अभिनेत्री दीपिका पादुकोणले फिल्मको रिलिजलाई कसैले रोक्न नसक्ने भनी दिएको अभिव्यक्ति भाड्काउ भएको भन्दै सेनाले आक्रोश पोखेको भारतीय सञ्चारमाध्यमले लेखेका छन्।
पद्मावतीलाई लिएर सतहमा थुप्रै विवाद देखिए पनि सबैको पर्खाइ सेन्सर बोर्डको निर्णयमा अडिएको छ। सेनासँगै फिल्मलाई प्राविधिक संघले पनि विवाद नसल्टाइए फिल्म बहिष्कार गर्ने चेतावनी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।