निर्देशक संजय लिला भन्सालीले आफ्ना मागको सम्बोधन नगरेको भन्दै क्षुब्द बनेको श्री राजपुत कर्नी सेनाले बुधबार डिसेम्बर १ मा फिल्म रिलिज भए भारत बन्द गर्ने चेतावनी दिएका छन्।
फिल्ममा 'पद्मावती'लाई सार्वजनिकरूपमा नाचेको देखाएको र त्यो ऐतिहासिक तथ्य विपरित भएको उनीहरूको भनाइ छ। सेनाले फिल्मको रिलिज अगाडी देशभरका मुख्य शहरमा फिल्मका विरूद्ध प्रदर्शन गर्ने नजाएको छ।
उनीहरूले यस मामिलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हस्तक्षेप गर्नुपर्ने अनुरोध समेत गरेका छन्।
केहि दिन अगाडी अभिनेत्री दीपिका पादुकोणले फिल्मको रिलिजलाई कसेले रोक्न नसक्ने अभिव्यक्ति भाड्काउ भएको भन्दै सेनाले आक्रोश पोखेको भारतीय संचारमाध्यमले लेखेका छन्।
पद्मावतीलाई लिएर सतहमा थुप्रै विवाद देखिए पनि सबैको पर्खाइ सेन्सर बोर्डको निर्णयमा अडिएको छ। सेनासँगै फिल्मलाई प्राविधिक संघले पनि विवाद नसल्टाइए फिल्म बहिष्कार गर्ने चेतावनी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।