कमेडियन हुँदै बलिउड अभिनेतासमेत बनिसकेका कपिल शर्माको कमेडी शो उनको गिर।दो स्वास्थ्यका कारण बन्द भइसकेको छ। हाल उनी आफ्नो अगामी रिलिज 'फिरंगी'को प्रचारमा व्यस्त छन्। आफ्नो शओको सुटिङमा आउने कलाकारलाई घण्टौं कुराउने आरोप खेप्दै आएका कपिललेर फेरि अर्का बलिउड अभिनेतालाई पाँच पाँच घण्टासम्म कुराएका छन्।
उनले अभिनेता अक्षय कुमारलाई यसरी कुराएका हुन्। आगामी फिल्म 'फिरंगी'को प्रचारका लागि कपिलको कमेडी कार्यक्रम 'दी ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज'मा सुटिङ गर्नु थियो तर उनी समयमा पुग्न असफल रहे। उनी नआएपछि उनी बिना ने कार्यक्रममको सुटिङ गरिएको थियो।
रिपोर्टका अनुसार कार्यक्रमको सुटिङ बिहान चाँडै गर्ने तय भएको थियो तर कपिलको आग्रहमा सुटिङ ११ बजेलाई सारिय। सेटमा १०:३० बजे समय पुगिसकेका थिए तर कपिल झुल्किएनन। फोन पनि स्वीचअफ थियो। युनिटलाई उनलाई २ बजेसम्म कुर्यो। धेरै कुर्नुपरेपछि अक्षयले कपिल बिना नै सुटिङ गर्न सुझाए।
करिब ५ घण्टा सम्पर्कबाहिर रहेका कपिलका सहयोगीले पछि कपिलको स्वास्थ्य ठीक नभएकाले आउन जानकारी गराएका थिए। कपिलले यसअघि पनि थुप्रै कलाकारलाई कुराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।