रोहित शेट्टी निर्देशित 'गोलमाल ४'ले आफ्नो कमाइलाई २०० करोड भारू पुर्याइसकेको छ। यसका बाबजुत पनि वक्सअफिसमा फिल्मको कमाइ स्थिर रहिरहेको दाबी भारतीय संचारमाध्यमले गरेका छन्।
फिल्मले बुधबारपनि ५० लाख भारूको कमाइ गरेको बताइन्छ। कमाइले गर्दा रोहित शेट्टीका लागि 'गोलमाल ४' सर्वाधिक छिटो २०० करोडको कमाइ गरिदिने दोस्रो फिल्म बनेको छ। यसअघि रोहित निर्देशत 'चेन्नई एक्सप्रेस'ले सो सफलता हात पारेको थियो। 'गोलमाल ४'ले ४ दिनमा नै सय करोड भारूको आँकडा पार गरेको थियो।
फिल्म यस वर्ष सय करोडको आँकाडा पार गर्ने ९ औं फिल्म पनि बनेको छ। फिल्म अभिनेता अजय देवगनको आजसम्मकै सर्वाधिक कमाइ गर्ने फिल्ममा सुचीकृत भएको छ। यसअघि 'सिघंम रिटन्स' अजयको सर्वाधिक कमाउने फिल्म बनेको थियो। फिल्मले त्यतिबेला १४० करोड भारू कमाएको थियो।
फिल्म एकसाथ ३६०० पर्दामा रिलिज भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।