• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

क्यानडामा हिमपहिरो : नेपाली मुलका एकसहित ३ पर्वतारोहीको मृत्यु भएको आशंका

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख ६, २०७६  १६:३५
1140x725

ओटावा- क्यानडियन उच्च हिमाली क्षेत्रमा गएको हिमपहिरोमा परेका ३ जना पर्वतारोहीको मृत्यु भएको अनुमान गरिएको छ। बिहीबारदेखि हराइरहेकामा एक पर्वतारोही नेपाली मुलका रहेको खुलेको छ।

उनीहरु 'हाउस पिक'को उचाई नाप्नका लागि गएको भएपनि समयसीमा भित्र सो कार्य गर्न विफल भएका थिए।

क्यानडाली राज्य अलब्रेटास्थित बान्फ राष्ट्रिय निकुञ्जमा पर्ने 'हाउस पिक'को उचाई ३ हजार २ सय ९५ मिटर रहेको छ।

राष्ट्रिय निकुञ्जका कर्मचारीहरुले हवाई माध्यमबाट उनीहरुले यात्रा तय गरेको हिमालको अवलोकन गर्दा पर्वतारोहणमा प्रयोग गरिने उपकरणहरु हिमपहिरोले जम्मा गरेको 'डेब्रिस'मा देखेका बताइएको छ।

सो क्षेत्रको अवस्था खतरामुक्त नभइसकेको तथा थप हिमपहिरो जानसक्ने भएका कारण पनि उद्धारका लागि तत्काल जानसक्ने अवस्था नरहेको क्यानडाली अधिकारीहरुले बताएका छन्। उनीहरुका अनुसार आगामी केही दिनसम्म सो क्षेत्रको मौसम प्रतिकुल नै रहने सम्भावना रहेकाले उद्धार प्रभावित हुनेछ।

बायाँबाट क्रमशः और, लामा र रोस्केल्ली।


पर्वतारोहणका समाग्री बनाउने कम्पनी 'द नर्थ फेस'का अनुसार नेपाली मुलका डेभिड लामा, अस्ट्रियाका ह्यान्सजोर्ग और र अमेरिकाका जेस रोस्केल्ली हराइरहेका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

उनीहरुको यस यात्रालाई प्रायोजन गरेको उक्त कम्पनीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'उनीहरुले यो सबै आफ्ना परिवार, साथीभाइ तथा पर्वतारोहणसँग सम्बन्धित समुदायका लागि गरिरहेका थिए।'

हाउस पिकको पूर्वतर्फबाट नापजाँच गर्ने बेला उनीहरु बेपत्ता भएको बताइएको छ। हाउस पिकलाई क्यानडामा दुर्गम तथा मिस्रित चट्टान तथा हिउँको संरचना भएको अतिनै जटिल क्षेत्रका रुपमा लिइन्छ। जसको आरोहणका लागि विशिष्ट किसिमको अरोहणसम्बन्धी ज्ञान तथा अनुभवको आवश्यक पर्ने बताइन्छ।

'पर्वतारोहीहरुले आरोहण गरिरहेको मार्ग सायद यसअघि नै चर्किसकेको थियो', सुरक्षाविद् स्टिभ होलेस्जीले अनुमान गरे। हिमपहिरो क्षेत्रको अवलोकनपछि पत्रकार सम्मेलन गर्दै उनले भने, 'हिमपहिरो एक भवनलाई नष्ट गर्न मात्रै पनि निकै प्रभावशाली रहनसक्छ।'

को-को थिए पर्वतारोही?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083


२८ वर्षीय नेपाली मुलका लामा पर्वतारोही समुदायकै व्यक्ति हुन्। उनका बाबुसँग लामो समय पर्वतारोहणको अनुभव रहेको बताइएको छ। उनी नेपालका 'माउन्टेन गाइड' थिए। यसकारण पनि लामा छोटो समयमै यस विधामा निपूर्ण भएको बताइन्छ।

युवा उमेरमै उनले पर्वतारोहणका विभिन्न प्रतियोगिता जित्न सफल भएका थिए। सन् २०१४ मा रिलिज भएको एक फिल्मको सुटिङका क्रममा उनी अमेरिकाको पाटागोनियास्थित 'केरो टोरी' हिमालमा पहिलो पटक विनाकुनै साधन आरोहण गर्न सफल भएका थिए।

उनी हाल अस्ट्रियाका नागरिक हुन्। सन् २००६ सम्म उनी पर्वतारोहण प्रतियोगिताहरुमा फोटोग्राफरको भूमिकामा देखिन्थे।

अमेरिकाको वासिंग्टनका ३६ वर्षीय जेस रोस्केल्लीले २० वर्षको उमेरमै सगरमाथाको उचाई नाप्ने दलमा रहेर काम गरिसकेका थिए।

उनी सबैभन्दा कम उमेरमा सगरमाथाको सफल आरोहण गर्ने अमेरिकी पर्वतारोही हुन्। चर्चित पर्वतारोही जाेहन रोस्केल्लीका छोरा रोस्केल्लीले सन् २००३ मा सगरमाथाको सफल आरोहण गरेका थिए।

आरोहणका क्रममा और र लामा।


हराइरहेकामध्ये एक ह्यान्सजोर्ग और ३५ वर्षका हुन्। उनी अस्ट्रियाको डोलोमाइट हिमाली क्षेत्रमा किसान परिवारमा हुर्किएका व्यक्ति हुन्।

उनले हालसम्म पाकिस्तानको काराकोरम हिमशृंखलाअन्तर्गत कुन्यांग छिस र नेपालको निलगीरि हिमालको सफल आरोहण गरिसकेका छन्।

पूर्व पर्वतारोही तथा विश्वभरका पर्वतारोहणसँग गाँसिएका व्यक्ति तथा समुदायले यस घटनालाई लिएर दुःख व्यक्त गरेका छन्।

प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  १६:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने...
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्