बारा– बाराको निजगढ नगरपालिका-८ बाट गाँजा कारोबारमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
रौतहटको कटहरीया नगरपालिका-१ का २१ वर्षीय रामबाबु यादव, ४२ वर्षीय नागेन्द्र यादव र २१ वर्षीय करण यादवलाई स्थानीय फास्ट ट्रयाक क्षेत्रबाट पक्राउ गरिएको हो।
उनीहरुको साथबाट गाँजा कारोबारमा प्रयोग गरिएको ना ३९ प २८६५ र भे २ प ४८४२ नम्बरको मोटरसाइकल, ४५ हजार नगद र १२ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
तीनै जनालाई बारा जिल्ला अदालतमा उपस्थित गराई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैगरी, जितपुरसिमरा उपमहानगरपालिका-८ रमौलीवाट ५५ वर्षीय सत्यनरायण रामलाई समेत प्रहरीले पक्राउ गरेको छ।
पैदल हिडिरहेका रामलाई शंका लागि चेकजाँच गर्दा प्लाष्टिकको झोलामा लुकाई राखेको साढ १ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।