सर्लाही– सर्लाहीको लालबन्दी नगरपालिकाबाट प्रहरीले ३५ केजी गाँजासहित ३ जनालाई पक्राउ गरेको छ।
लालबन्दी-५ का ५६ वर्षीय बिजबहादुर गोले, वडा नं. १४ नारायण खोलाका ३५ वर्षीय लालबहादुर थिङ र धर्मलाल वाइवालाई प्रहरीले पक्राउ गरेको हो।
गाँजा लुकाई राखेको विषेश सूचनाका आधारमा बिजबहादुर गोलेको घर घर खानतलासी गर्दा ३५ केजी गाँजा बरामद भएपछि सो कार्यमा संलग्न तीनै जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जानकारी दिएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।