काठमाडौं- सर्वोच्च अदातलको स्थायी न्यायाधीशका लागि ५ जनाको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ।
बिहिबार सुनुवाई समितिले उनीहरुमाथि परेको उजुरीमाथि प्रश्न सोध्दै उनीहरुको नाम अनुमोदन गर्ने निर्णय गरेको हो।
सुनुवाई समितिले प्रकाशकुमार ढुङ्गाना, शुस्मालता माथेमा , हरि फुयाँल, कुमार रेग्मी र मनोज शर्माको नाम अनुमोदन गर्ने निर्णय गरेको हो।
न्याय परिषदले सर्वोच्चको स्थायी न्यायाधीशका लागि ५ जनाको नाम सिफारिस गरेको थियो। पाँचमध्ये चार जनाको नाम समितिले सुनुवाई समाप्त गरी अनुमोदन गरेको हो।
अनुमोदन भएका उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाउने छिन्। सिफारिस भएकामध्ये ढुङ्गाना र माथेमा उच्च अदालतका मुख्य न्यायाधीश हुन भने फुयाँल रेग्मी र शर्मा कानुन व्यवसायी हुन्। फुयाँल नेकपा र रेग्मी नेपाली काँग्रेस कोटाबाट सिफारिस भएका थिए। शर्मा पूर्वप्रधानन्यायाधीश दामोदर शर्माका भतिजा हुन्।
परिषदले भागबन्डा गर्दै न्यायाधीशको नाम सिफारिस गरेको थियो। यसरी भएको सिफारिसको आलोचना भएपनि सुनुवाइ समितिले उनीहरुको नाम सुनुवाइ गर्दै स्वीकृत गरेको हो।
रेग्मी र फुयाँल स्थायी न्यायाधीश हुँदै सर्वोच्चको प्रधानन्यायाधीश समेत हुन सक्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।