काठमाडौं– समाचार लेखेको आधारमा पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरीलाई साधारण तारेखमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।
विद्युतीय कारोबार ऐन अन्तर्गत दायर भएको मुद्दामा थुनछेक आदेश गर्दै अदालतले उनलाई धरौटीबिना रिहा गर्न आदेश गरेको हो।
साइबर अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका गिरीलाई जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजालसले तारेखमा रिहा गर्ने आदेश गरेको हो। उनीविरुद्ध पोखराका व्यवसायी विपेन्द्रराज बतासले उजुरी दिएका थिए। लगत्तै प्रहरीले अनुसन्धानका लागि भन्दै ताण्डव साप्ताहिक तथा अनलाइनका सम्पादक गिरीलाई बैसाख २ गते नियन्त्रणमा लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।