काठमाडौं– संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ सुडानको डार्फरस्थित युएन मिसन जाने प्रहरी टोलीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बिहीबार बिदाइ गरेका छन्।
बिदाइ समारोहमा प्रहरी महानिरीक्षक खनालले उक्त टोलीका कन्टिनजेन्ट कमान्डर प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरीलाई नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गरेका थिए।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले संयुक्त राष्ट्रसंघको तर्फबाट शान्तिदूतका रुपमा खटिने भए पनि मिसनमा खटिने प्रहरीले देश र संगठनको समेत प्रतिनिधित्व गरेर जाने भएकाले राष्ट्रप्रतिको समर्पणभावसँगै युएनको म्यान्डेट अनुसार दिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिए।
समारोहमा मिसन सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी प्रधान कार्यालय युएन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विभूति राज पाण्डेले त्यसतर्फ खटिई जाने टोलीमा प्रहरी वरिष्ठ उपरीक्षक १, प्रहरी नायव उपरीक्षक ९, प्रहरी निरीक्षक ३, प्रहरी नायव निरीक्षक ३२, प्रहरी सहायक निरीक्षक ४८, प्रहरी हवल्दार ७६, प्रहरी जवान ५ र प्रहरी कार्यालय सहयोगी ६ जना गरी जम्मा १ सय ८० जना रहेको जानकारी दिए।
उक्त मिसनमा खटिएका प्रहरी कर्मचारीहरु बैसाख ९ र १६ गते त्यसतर्फ प्रस्थान गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।