• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सामाजिक सुरक्षा योजनामा रोजगारदाताको आकर्षण न्यून, कोषले २२ अर्ब दुरुपयोग गरेको ठहर

64x64
नेपाल लाइभ बिहीबार, वैशाख ५, २०७६  १३:०७
1140x725

काठमाडौं– योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा रोजगारदाता कम्पनीहरुको उपस्थिति न्यून देखिएको छ। २०७५ मंसिर ११ गतेदेखि लागू भएको योजनामा ५ महिनाको अवधिमा बुधबारसम्म २ हजार ४ सय १३ वटा प्रतिष्ठानहरु मात्रै आबद्ध भएका छन्। 

कोषमा गत माघ १५ गतेसम्म २ हजार २ सय ४५ प्रतिष्ठान आबद्ध भएका थिए। माघदेखि यता १ सय ६८ वटा प्रतिष्ठान मात्रै आबद्ध भएका छन्। उद्योग, प्रतिष्ठान वा संघसंस्थाको संख्या भने निकै न्यून रहेको छ। 

केन्द्रीय तथ्यांक विभागको राष्ट्रिय आर्थिक गणना २०७५ अनुसार देशभर १ लाख २२ हजार ४ सय ४५ व्यावसायिक प्रतिष्ठान रहेका छन्। विभिन्न साना तथा घरेलु उद्योग लगायत रोजगारदाता व्यक्तिहरुको संख्या भने त्यसमा समावेश गरिएको छैन। 

रोजगारदाता विभिन्न कम्पनी तथा कार्यालयहरुको संख्या निकै ठूलो रहे पनि सामाजिक सुरक्षा योजनामा उद्योग तथा प्रतिष्ठानहरु आकर्षित देखिएका छैनन्। 

सामाजिक सुरक्षा कोषकी प्रवक्ता रमा भट्टराई भन्छिन्, ‘यो सरकारको अनिवार्य योजना हो, यसमा जसरी पनि आबद्ध हुनैपर्छ। प्रतिष्ठानहरुले अटेर गरेकाले हामीले आगामी असार मसान्तसम्म आबद्ध हुन सूचना जारी गरिसकेका छौं।’

अटेर गर्ने प्रतिष्ठानलाई कारबाही
आगामी असार मसान्तसम्म पनि योजनामा आबद्ध हुन अटेर गर्ने प्रतिष्ठानलाई कर तिर्न उपस्थित भएको अवस्थामा वा कम्पनी वा प्रतिष्ठान नवीकरण गर्ने क्रममा सामाजिक सुरक्षा योजनाको दायरामा समेटिने जनाइएको छ। 

‘प्रतिष्ठानहरुले सधैं अटेर गरिरहे जसरी पनि योजनाको दायरामा ल्याउँछौं। ढिलोछिटो मात्रै हो, त्यसमा पनि समय अवधिसम्म आबद्ध नहुने कम्पनी वा प्रतिष्ठानहरुलाई कारबाही हुन्छ,’ प्रवक्ता भट्टराई भन्छिन्।

सामाजिक सुरक्षा योजनामा सबै प्रतिष्ठानहरु सूचीकृत हुनका लागि गत चैत २९ गते सूचनासमेत जारी गरिसकेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

२०७५ कात्तिक २६ गते राजपत्रमा प्रकाशित सूचना अनुसार कोषमा सूचीकृत हुन नआएका वा आउन नसकेका रोजगारदाता कम्पनी वा प्रतिष्ठानलाई सूचीकृत हुन सूचना जारी गरिएको छ। असार मसान्तभित्र सबै रोजगारदाता प्रतिष्ठानलाई कोषको सामाजिक सुरक्षा सूचना प्रवर्द्धन प्रणालीमा सूचीकृत हुन भनिएको छ।

सूचीकृत हुनेमा ठूला प्रतिष्ठानदेखि व्यक्तिसम्म 
सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने रोजगारदाताहरु ठूलाठूला प्रतिष्ठानदेखि व्यक्तिहरुसम्म रहेका छन्। 

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएकामा २ हजार ४ सय १३ वटा प्रतिष्ठान छन्।  जसमा कान्तिपुर डिजिटल कर्प, प्रसन्ना प्लास्टिक उद्योग, जगदम्बा मोर्टस् प्रालि, एसियन इन्डस्ट्रियल प्रालि, खजुरीको नेपाल प्रालि, सोल्टी होटल, महिला तथा बालबालिका बेचबिखन विरुद्ध सहकर्मी समूह नेपाल, ओम डेभलपमेन्ट बैंक, ग्रामीण जलस्रोत व्यवस्थापन प्रणालीको तेस्रो परियोजना, सिजी नेपाल प्रालि, युनाइटेड नेपाल प्रालि, चौधरी फाउन्डेसन, प्रवासी नेपाली समन्वय समिति, नेपाल पर्यटन बोर्ड, डिप्रोटन मेनपावर सप्लायर्स प्रालि, रोजगारी सर्भिसेस प्रालि लगायत विभिन्न बैंक, समाजिक संस्था, हाइड्रो पावर, होटल, उद्योग, विद्यालय, विभिन्न परियोजना रहेको कोषले जनाएको छ। 

कोषमा विभिन्न रोजगारदाता व्यक्तिहरु पनि सूचीकरण भएका छन्। अशोक जोशी, एसएस पराजुली, अम्बिका अधिकारी थापा, नवीन कार्की, सेतु नेपाल, सुरेश सिग्देल लगायतका व्यक्तिहरु कोषको दायरामा आएका हुन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सामाजिक सुरक्षा कोषमै २२ अर्ब दुरुपयोग
महालेखा परीक्षकको कार्यालयको ५६औं वार्षिक प्रतिवेदन अनुसार सामाजिक सुरक्षा कोषले २२ अर्ब रुपैयाँ दुरुपयोग गरेको छ। योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४  मा सामाजिक सुरक्षा करबापत हालसम्म संकलित र भविष्यमा संकलन हुने रकम यस कोषमा जम्मा हुने व्यवस्था छ। सामाजिक सुरक्षा कर २०६७/६८ देखि संकलन हुँदै आएकोमा यस वर्षसम्म २२ अर्ब २ करोड ६४ लाख रुपैयाँ पुगेको छ। 

उक्त रकम कोषमा जम्मा नगरी सञ्चितकोषमा जम्मा भएको र विनियोजन ऐन बमोजिम खर्च भइसकेको महालेखाले जनाएको छ। सो रकम ऐनमा भएको व्यवस्था अनुसार कार्यान्वयन नभएको महालेखा परीक्षकको ठहर छ।  

राष्ट्रियस्तरको कल्याणकारी कोषमा पनि प्रत्येक प्रतिष्ठानले हरेक आर्थिक वर्षमा गरेको खुद मुनाफाको १० प्रतिशत बराबरको रकम कर्मचारीलाई बोनसबापत छुट्याउनुपर्ने उल्लेख छ। बोनस वितरणका लागि छुट्याएको रकमबाट बोनस वितरण गरेपछि बाँकी रहेको रकमको ७० प्रतिशत सम्बन्धित प्रतिष्ठानको कल्याणकारी कोषमा र बाँकी ३० प्रतिशत यस कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ।

उद्योग प्रतिष्ठानमा काम गर्ने कर्मचारी मजदुरको हक हितका कार्यक्रम सञ्चालन गर्न गठन भएकोमा सो उद्देश्यअनुरुप रकम परिचालन हुन नसकी विगतदेखि मौज्दात रहँदै आएको १६ अर्ब ३९ करोड ४० लाख रुपैयाँ यस वर्ष कोषमा हस्तान्तरण गरिएको जनाइएको छ। 

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन जारी भएपछि सामाजिक सुरक्षा कोषमा राष्ट्रियस्तरको कल्याणकारी कोषको रकम जम्मा हुनुपर्ने व्यवस्था भए तापनि राष्ट्रियस्तरको कल्याणकारी कोष सम्बन्धमा केही उल्लेख नभएको समेत पाइएको छ। बोनस ऐनअनुसारको ३० प्रतिशत रकम राष्ट्रियस्तरको कल्याणकारी कोषमा नपठाई सिधै सामाजिक सुरक्षा कोषमा पठाउनुपर्ने व्यवस्था भएमा राष्ट्रियस्तरको कल्याणकारी कोषको प्रशासनिक खर्च बचत हुने देखिन्छ। 

आन्तरिक अवस्था सुधारबारे छलफल गरिँदै
महालेखाले कोषको रकम दुरुपोग भएको ठहर गरेसँगै कोषले आफ्नो आन्तरिक अवस्था सुधारका लागि छलफल सुरु गरेको जनाएको छ।

कोषकी प्रवक्ता रमा भट्टराईका अनुसार कोषले धेरैभन्दा धेरै प्रतिष्ठान आबद्ध गर्नुभन्दा आन्तरिक क्षमतालाई सुदृढ बनाउन पहल भइरहेको छ।

‘कोषको रकम सदुपयोग गर्न भुक्तानी, लगानी, कर्मचारी भर्ना, बैंक तथा वित्तीय संस्थाहरुको निकटता बढाउनेबारे छलफल गरिरहेका छौं,' भट्टराईले भनिन्।

प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६  १३:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने...
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी मंगलबार, कात्तिक ३, २०८३
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव मंगलबार, कात्तिक ३, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्