फाइल तस्बिर
ताप्लेजुङ- ताप्लेजुङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले १० नाल भरुवा बन्दुक बरामद गरेको छ। मंगलबार बिहान १० बजे प्रहरी चौकी शिवाबाट खटिएको टाेलीले फक्तालुङ गाउँपालिका-१, सावादिन जंगलमा बेवारिसे अवस्थामा ३ नाल भरुवा बन्दुक फेला पारेकाे हो।
त्यसैगरी, बिहान पौने ११ बजे प्रहरी चौकी निगुरादिनबाट खटिएको प्रहरी टोलीले आठराई त्रिवेणी गाउँपालिका-१ बाट जंगलमा लुकाई राखेको १ नाल, इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोलीले दिउँसो १२ बजे आठराई त्रिवेणी गाउँपालिका-२ फुलवारीस्थित ओडारे जंगलमा २ नाल, इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरी टोलीले अपरान्ह साढे ४ बजे श्रीजंगा गाउँपालिका-३ कुन्जरीमा लुकाई राखेको ३ नाल बरामद गरेको हो।
सोही गाउँपालिका सिकैचा बस्ने वर्ष ४० का तुलाराम काङबाङले १ नाल लाइसन्ससहितको भरुवा बन्दुक प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।