काठमाडौं- उद्योगपति विनोद चौधरीको उद्योगमा बम विष्फोट भएको छ। पूर्वी नवलपरासीको देवचुली-२ मा रहेको उद्योगको गेटमा बुधबार साँझ विस्फोट भएको हो।
विस्फोट कसले र किन गराएको हो भन्नेबारे कुनै पनि तथ्य नखुलेको प्रहरीले बताएको छ। घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बम विष्फोटबाट भएको क्षतिको विवरण आइसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।