पेरु, लिमा- पेरुका पूर्व राष्ट्रपति एलान गार्सियाले आफैंलाई गोली हानी आत्महत्या गरेका छन्। भ्रष्टाचार आरोपमा प्रहरीले पक्राउ गर्ने भएपछि प्रहरी पुग्नुअघि नै उनले आफ्नै गर्धनमा गोली हानी आत्महत्या गरेका हुन्।
दुई पटक राष्ट्रपति भएका उनलाई राजधानी लिमाको क्यास्मिरो उल्लोआ अस्पतालमा भर्ना गरिएको थियो।
सन् २००६ देखि २०११ सम्म उनी राष्ट्रपति थिए। त्यसअघि सन् १९८५ देखि सन् १९९० सम्म पनि उनी राष्ट्रपति भएका थिए।
दोस्रो पटक राष्ट्रपति हुँदा उनले घुस लिएको आरोप थियो।
ब्राजिलको निर्माण कम्पनीबाट उनले गैरकानुनी रुपमा घुस लिएको आरोपमा प्रहरी पक्राउ गर्न लागेको थियो। -सिएनएन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।