जनकपुर- धनुषा प्रहरीले ६ थान मोटरसाइकलसहित ५ जना चोर पक्राउ गरेको छ।
जिल्लाका विभिन्न स्थानहरुबाट मोटरसाईकल चोरी भएको सूचना तथा उजुरीका आधारमाप प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुलाई चोरी शिर्षकमा मुद्दा चलाई धनुषा जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
बरामद मोटरसाईकलहरु:-
१. ज.११ प. ६०८९ नं. को हिरो एचिभर
२. ज.९ प. ४६१८ नं. को सुपर स्पलेन्डर
३. ज.१ प. ८२ ९५ नं. को हिरो होन्डा स्पलेन्डर
४. ना. ३५ प. ५९२० नं. को रोयल इन्फिल्ड बुलेट
५. बा ७८ प ११८४ नं को बजाज डिस्कभर
६. ज.१३ प. १५१७ नं. को मोटरसाईकल
यी हुन् पक्राउ परेका चोरहरु
१. जिल्ला धनुषा ज.उ.म.न.पा.११ बस्ने असलम राईन
२. जिल्ला धनुषा ज.उ.म.न.पा.४ बस्ने दिप कुमार महतो
३. जिल्ला धनुषा ज.उ.म.न.पा.७ बस्ने संजिव कुमार साह
४. जिल्ला धनुषा ज.उ.म.न.पा.१ बस्ने अरविन्द कुमार साह
५. जिल्ला धनुषा धनौजी गा.पा. वडा नं. १ बस्ने हसिबुल नदाफ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।