काठमाडौं– महानगरीय प्रहरी वृत्त दरबारमार्गले लाजिम्पाटबाट ५० किलो गाँजासहित २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कोटेश्वर बस्ने सिन्धुलीका देवकुमार घिसिङ र पदम बहादुर श्रेष्ठ छन्। लाजिम्पाटस्थित सुवर्ण शमशेर मार्गमा हिँडिरहेको अवस्थामा प्रहरीलाई शंका लागि चेक गर्दा उनीहरुले बोकेको झोलाबाट २५/२५ किलो गाँजा फेला पारेको हो।
उनीहरु गाँजा बोकेर ग्राहकको खोजीमा हिँडेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।