काठमाडौं– प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेल आज दलबलसहित प्रदेश नम्बर २ का मूख्यमन्त्री लालबाबु राउतलाई भेट्न जाँदैछन्।
अघिल्लो महिना बारा–पर्सामा आएको चक्रवातका कारण पीडित बनेका स्थानीयहरुलाई उठाइएको सहयोग रकम लिएर मूख्यमन्त्री पौडेल अर्का मूख्यमन्त्री राउतलाई भेट्ने कार्यक्रम रहेको प्रदेश ३ का मूख्यमन्त्री कार्यालयले पुष्टि गरेको छ।
‘झन्डै एक करोड रुपैयाँ सहयोग उठेको छ, त्यही रकम हस्तान्तरणको कार्यक्रम छ’, स्रोतले भन्यो, ‘दुई मूख्यमन्त्रीहरुको भेटमा अन्य राजनीतिक छलफल पनि हुनसक्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।