काठमाडाैं- भारतीय लोकसभा निर्वाचनको दोस्रो चरण नजिकिँदै गर्दा चर्चा परिचर्चा र एकअर्का विरुद्ध होच्चाएर टिप्पणी गर्न सुरु भएको छ।
चुनाव प्रचारको समयमा कांग्रेस अध्यक्ष राहुल गान्धीविरुद्ध आपत्तिजनक टिप्पणी गर्ने भारतीय जनता पार्टी (बिजेपी) का हिमाञ्चल प्रदेश अध्यक्ष सतपाल सिंह सत्तीविरुद्ध जाहेरी दर्ता भएको छ।
आपराधिक टिप्पणी गरेको आरोपमा उनीविरुद्ध निर्वाचन आयोगमा जाहेरी दर्ता गरिएको हो। मुख्य निर्वाचन आयुक्त देवेश कुमारले मंगलबार सत्तीलाई पत्र पठाउँदै २४ घन्टाभित्र आफ्नो टिप्पणीबारेमा जवाफ दिन भनेका छन्।
सत्तीले अप्रिल १३ मा गान्धी परिवारमाथि भ्रष्टाचारको आरोप लगाएका थिए। राहुल गान्धी, सोधिया गान्धी र रोवर्ड बान्ड्रा भ्रष्टाचार मुद्दामा धरौटीमा छुटेका व्यक्ति भएकाले उनीहरुले अरुमाथि टिप्पणी गर्न नसुहाउने भन्दै कटाक्ष गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।