जनकपुर- जनकपुरधाम उपमहानगरपालिका-१५ मा युवकको साथबाट मोबाइल र सुनको सिक्री लुटपाट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार प्रहरी चौकी हनुमाननगरबाट खटिएको प्रहरीले घटनामा लुटपाटमा संलग्न स्थानीय ३४ वर्षीय मो नारिस राइनसहित ३ जनालाई पक्राउ गरेको हो। प्रहरीले २ जनाको नाम खुलाएको छैन। उनीहरुमाथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
जनकपुर उपमहानगरपालिका-१५ स्थित ज७प ५६२ र ज१०प २०९५ नम्बरको मोटरसाइकलमा आएका ४/५ जनाको समूहले स्थानीय इन्द्रेश कुमार सिंह र उनका साथीहरुबाट सुनको सिक्री र मोबाइल लुटेर भागेका थिए। भाग्ने बित्तिकै पीडितले प्रहरीलाई खबर गरेपछि उनीहरुलाई पक्राउ गरिएको हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।