काठमाडौं- निजी दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले अब ३९ अर्ब ६ करो ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ लाभकर तिर्नु पर्ने भएको छ।
अदालतको फैसालसँगै ठुला कर दाता कार्यालयले एनसेलले तिर्नु पर्ने बाँकी लाभकर नयाँ निर्धारण गरको हो।
सर्वोच्चले गत माघ २३ गते एनसेलसँग लाभकर लिन जारी गरेको परमादेशको पूर्णपाठ सार्वजनिक गर्दै कर निर्धारण कानुनसम्मत नभएको टिप्पणीसमेत गरेको छ।
पूर्णपाठ जारी गरेपछि ठूला करदाता कार्यालयले लाभकर निर्धारण गरेको हो।
कारोबारसँग सम्बन्धित कागजातहरु प्राप्त नभएको भन्दै ठूला करदाताले एक्जियटा वर्हाड मलेसियाले मलेसियन स्टक एक्सचेन्जमा देखाएको १ अर्ब ३६ करोड ५१ लाख अमेरिकी डलरलाई विवादित कारोबारमा भुक्तानी भएको मानी कर निर्धारण गर्न सर्वोच्चले भनेको छ। यो रकम १ खर्ब ४४ अर्ब ७८ करोड २५ लाख ६ हजार रुपैयाँ बराबर हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।