काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करबाट घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ।
इटहरीमा पूर्वराजा शाहको गाडीले ठककर दिँदा गत बुधबार हेम चौधरी र प्रकाश चौधरी घाइते भएका थिए। हेमको दुर्घटना भएकै राति ज्यान गएको थियो भने प्रकाशको उपचार भइरहेको थियो। उपचाररत प्रकाशको पनि गएराति ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
उक्त गाडी सशस्त्र प्रहरीका जवान दीपेन्द्र लम्सालले चलाएका थिए। उनलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।
शाहको सचिवालयले भने शाह आफू चढेको गाडीले नभई सुरक्षामा खटिएका प्रहरी चढेको गाडीले ठक्कर दिएको स्पष्ट पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।