काठमाडौं- सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा सिफारिस भएका न्यायाधीश विरुद्ध संसदीय सुनुवाई समितिमा ५ थान उजुरी दर्ता भएको छ।
सुनुवाइ समितिले उनीहरूको सुनुवाइ भने बिहीबार गर्ने निर्णय गरेको छ।
सुनुवाई समितिमा परेका उजुरीमध्ये अधिकांश मनोजराज शर्माविरुद्ध रहेका छन्।
शर्मा असक्षम रहेको, पूर्वप्रधानन्यायाधीशको भतिजा भएकै भरमा सिफारिसमा परेको र आवश्यक अनुभवसमेत नभएको भन्दै उजुरी परेको छ।
न्याय परिषदले सर्वोच्च अदालतमा कानून व्यवसायीहरु कुमार रेग्मी, हरि फुयाँल, मनोजराज शर्मा र उच्च अदालतका मुख्य न्यायाधीशहरु प्रकाश ढुंगाना र सुष्मलता माथेमालाई न्यायाधीशमा सिफारिस गरेको थियो।
संसदीय सुनुवाइबाट स्वीकृत भएपनि उनीहरूलाई राष्ट्रपतिले नियुक्त गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।