काठमाडौं- संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको सुनुवाइ बुधबार गर्ने भएको छ।
मंगलबार बसेको बैठकले थपलियाविरुद्ध उजुरी दिनेलाई बुधबार बिहान ११ बजे छलफलका लागि बोलाएको छ।
उजुरीकर्तासँगको छलफलपछि थपलियासँग दिउँसो २ बजे छलफल गर्ने समितिले निर्णय गरेको हो।
प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध सुनुवाइ समितिमा ६ थान उजुरी परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।