जनकपुर– धनुषाको मुखियापट्टी मुसरहनियाँ गाउँपालिकामा प्रहरीले भारततर्फ तस्करी गरी लाँदै गरिएकाे अवस्थामा मदिरा बरामद गरेको छ।
वडा नम्वर-२ स्थित बेलहीबाट ३५ कार्टुन सोफी मदिरा बरामद गरिएको हो। सिमेन्टको बाेरामा हाली ४ वटा साइकल प्रयोग गरेर भारततर्फ लान तयारी गरिएको मदिरा बरामद भएको प्रहरीले जनाएको छ।
संलग्न व्यक्ति भने प्रहरीलाई देखेपछि फरार भएको प्रहरी चौकी मुखियापट्टीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।