बारा– ७५ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
निजगढ नगरपालिका-३ का ५० वर्षीय धनबहादुर बल तामाङलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो।
आफ्नै घर बाहिरमा बसिरहेकी वृद्धालाई तामाङले घरभित्र लगेर बालात्कार गरेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको बताएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।