लहान– १० वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा सिरहा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
सुखीपुर नगरपालिका-८ का २६ वर्षीय 'जोजो' भनिने कृष्ण मण्डल र वडा नम्वर-४ का २५ वर्षीय सञ्जय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। दुवैले धनगढी नगरपालिका-७ का १० वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको प्रहरीले जनाएको छ।
पाहुना आएका बालकलाई सुखीपुर-८ स्थित बाबुराम खोलामा लगी उनीहरुले अनैतिक कार्य गरेको इलाका प्रहरी कार्यालय सुखीपुरले जनाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।