तेहरान – इराक र इरानको पश्चिमी केरमनसा प्रान्तमा आइतबार राति गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २०७ पुगेको छ।
उक्त क्षेत्र इराक इरानको सीमा क्षेत्रमा पर्दछ । मृत्यु हुनेमा अधिकांश इरानी छन्।
उक्त भूकम्पमा परी इराकका पनि केहीको ज्यान गएको बताइएको छ । भूकम्प ७ दशमलव ३ म्याग्निच्युड मापन गरिएको अधिकारीहरुले जनाएका छन्।
भूकम्पको केन्द्रबिन्दु कुर्द नजिकैको सहर हलब्जामा रहेको छ । उद्धारको काममा खटिरहेकाहरुले दिएको समाचारमा कम्तीमा पनि २०७ जनाको शव भेटिएको छ।
सो शक्तिशाली भूकम्पले इरानको पश्चिमी क्षेत्रमा थुप्रै नागरिक घाइते भएका छन् । अधिकारीहरुले सोमबार नै घाइते हुनेको सङ्ख्या एक हजार ७०० भन्दा बढी नै रहेको जनाएका छन्।रासस÷सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।