म्याड्रिड- स्पेनिस ला लिगमा रियल म्याड्रिड बराबरीमा रोकिएको छ। रियललाई सोमबार राति भएको खेलमा लेगानेसले १-१ गोलको बराबरीमा रोकेको हो।
लेगानेसका लागि पहिलो हाफको अन्तिम मिनेटमा जोनाथन सिल्भाले गोल गरे। उनले ४५ मिनेटमा मार्टिन बाथवेटको पासमा १८ यार्ड टाढाबाट उत्कृष्ट गोल गरे। दोस्रो हाफ सुरु भएको छैटौं मिनेटमा रियलका लागि करिम बेन्जिमाले बराबरी गोल फर्काए। ५१ मिनेटमा बेन्जिमाले रिबाउन्डमा गोल गरेका थिए।
लेगानेसले लिगमा रियलविरुद्ध पहिलो पटक अंक खोस्न सफल भएको हो।
लिगमा शीर्ष स्थानको बार्सिलोनाको ३२ खेलबाट ७४ अंक छ। दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ६५ र तेस्रो स्थानको रियलको ६१ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।