लन्डन- इंग्लिस प्रिमियर लिगमा आर्सनल चौथो स्थानमा उक्लिएको छ। आर्सनलले सोमबार राति भएको खेलमा वाटफोर्डमाथि १-० को जित हात पारेको हो।
आर्सनलको जितमा पियरी इमिरेक एउबामेयाङले खेलको दशौं मिनेटमा गोल गरे। लगत्तै वाटफोर्ड १० खेलाडीमा सीमित बन्यो। वाटफोर्डका कप्तान डीनीलाई रेफ्रीले सिधा रातो कार्ड देखाउदै मैदान बाहिर पठाए। उनले आर्सनलका मिडफिल्डर लुकास टोरेइरामाथि फल गरेका थिए।
लिगमा चौथो स्थानको आर्सनलको ३३ खेलबाट ६६ अंक छ। तेस्रो स्थानको टोटनह्यामको ६७ र दोस्रो स्थानको म्यानचेस्टर सिटीको ८३ अंक छ। एक खेल बढी खेलेको लिभरपुलको ८५ अंक छ। आर्सनलसँग समान ६६ अंक सहित चेल्सी पाँचौ स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।