काठमाडौं- आइपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोर पराजित भएको छ। सोमबार राति भएको खेलमा बैंग्लोरलाई मुम्बई इन्डियन्सले ५ विकेटले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको बैंग्लोरले ७ विकेटको क्षतिमा १ सय ७१ रन जोड्यो। उसका लागि एबी डिभिलिर्सले ७५ रन जोडे। डिभिलियर्सले ५१ बलमा ६ चौका र ४ छक्का हिर्काए। मोइन अलीले ५० रनको योगदान दिए। बलिङमा मुम्बईका लासिथ मालिङ्गाले ४ विकेट लिए।
१ सय ७२ रनको लक्ष्य मुम्बईले १९ ओभरमा ५ विकेटको क्षतिमा पार गर्यो। उसका लागि मुम्बईका लागि हार्दिका पाण्ड्याले १६ बलमा नटआउट ३७ रन जोडे। उनले ५ चौका र २ छक्का हिर्काए। ओपनर क्वान्टन डे ककले ४० रनको योगदान दिए। बलिङमा बैंग्लोरका युजभेन्द्र चाहल र मोइन अलीले २-२ विकेट लिए।
लिगमा मुम्बई ८ खेलबाट १० अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ। पुछारको बैंग्लोरको २ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।