बेइजिङ-विश्वकै दुर्लभ मानिएकाे'यांग्त्जी जियन्ट सफ्टसेल'काे मृत्यु भएकाे छ। पाेथी कछुवा(राफिटस सिनहाेई)काे दक्षिणी चीनकाे सुन्झाओ चिडियाखानामा मृत्यु भएकाे हाे।
विशेषज्ञहरुले ९० वर्षभन्दा बढी उमेरकाे साे कछुवाकाे मृत्यु हुनुअघि पाँचाैं पटक गर्भाधान गर्ने प्रयास गरेका थिए।
याे प्रजाति सिकार, धेरै मात्रामा माछा मारिनु तथा यसकाे निवास स्थानकाे विनासका कारण लाेप भएकाे मानिन्छ।

दुर्लभ वन्युजन्तुकाे प्रजाति लाेप नहाेस् भन्न कृत्रिम गर्भाधान गरिने भएपनि साे कछुवाका हकमा भने विशेषज्ञहरु सफल हुन सकेनन्।
हाल साे प्रजातिका ३ वटा मात्रै कछुवा जिवित छन्। सुन्झाओ चिडियाखानामा १ सय भन्दा बढी वर्षकाे एक भाले कछुवा मात्रै बचेकाे छ भने बाँकि २ कछुवा भियतनाममा रहेका छन्।
कछुवाकाे प्रकृति यस्ताे किसिमबाट तयार भएकाे भएकाे हुन्छ, जसकाे सजिलै लिंग निर्धारण गर्न मुश्किल पर्छ।
चिडियाखानाका स्थानीय कर्मचारी तथा विदेशी विशेषज्ञहरुले कछुवा मर्नुकाे २४ घण्टाअघि शुक्रबार दिउँसाे गर्भाधानका लागि कृत्रिम रुपमा प्रेरित गराउने प्रयास गरेका थिए।

उनीहरुका अनुसार अप्रेसनका क्रममा कछुवामा कुनै पनि अप्ठेराे स्थिति सिर्जना नभएकाे तथा साेपश्चात् पनि कछुवाले स्वास्थ्यलाभ गरिरहेकाे थियाे। तर, दाेस्राे दिन अचानक कछुवाकाे अवस्था नाजुक बनेकाे थियाे।
कछुवाकाे मृत्यु हुनाकाे कारणबारेकाे अनुसन्धान प्रकृया अघि बढाइएकाे छ भने कछुवाकाे डिम्बनलीलाई भविष्यमा अनुसन्धानका लागि काम लाग्ने भन्दै सुरक्षित राखिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।