काठमाडौं– आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ब्याडमिन्टनको महिला टिम ईभेन्ट्समा एपिएफले स्वर्ण हात पार्यो । एपिएफले सेनालाई २ – १ ले पराजित गर्दै स्वर्ण हात पारेको हो। सुदूरपश्चिम र प्रदेश १ ले कास्य पदक पाए। सुदूरपश्चिम सेना संग र प्रदेश १ एपिएफ संग समान २ – ० को सोझो सेटमा पराजित हुंदै तेश्रो स्थानमा खुम्चिन बाध्य भयो।
पुरुष टिम ईभेन्ट्स तर्फ सेनाले निकै कठिनका साथ स्वर्ण हात पार्न सफल भयो । सेनाले एपिएफलाई ३ – २ ले पराजित गर्दै स्वर्ण हात पारेको हो । टिम ईभेन्ट्सको पुरुष एकल तर्फ राष्ट्रिय नम्बर एक खेलाडी रत्नजित तामाङ्खलाई एपिएफका दिपेश धामीले २१ । ११, २१ । १२ अंकका साथ सहज पराजित गर्दै खेललाई १ । ० को अग्रता दिलाए । एक गेमको अग्रता लिएको एपिएफका सुदीप सेढाईलाई सेनाका नविन श्रेष्ठले पराजित गर्दै खेल एक एक को बराबरीमा ल्याए । खेललाई आफ्नो पक्षमा पार्ने क्रममा एपिएफका गौतम कठायतले पुन सेनाका प्रफुल महर्जनलाई पराजित गर्दै खेललाई २ । १ मा पु¥याए । पुनः पुरुष एकलमा हार ब्यहोरेका रत्नले नविन श्रेष्ठ संग मिलेर टिम ईभेन्ट्सकै पुरुष जोडीमा एपिएफका दिपेश धामी र विजित थापा मगरको जोडीलाई पराजित गर्दै खेललाई २ । २ को बराबरीमा ल्याए । अन्यमा सेनाका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले एपिएफका साजन कृष्ण ताम्राकार र सुदीप सेढाईको जोडीलाई पराजित गर्दै ३ । २ सेटका साथ सेनाका लागि स्वर्ण जोडे ।
पुलिस र सुदूर पश्चिम पुरुष टिम ईभेन्ट्स तर्फ संयुक्त रुपमा तेश्रो स्थानमा रहे । एपिएफले सेमिफाईनलमा पुलिसलाई ३ – ० को सोझो सेटले पराजित गरेको हो । यस्तै सेनाले सुदूरपश्चिमलाई ३ – १ ले पन्छाउँदै फाइनल यात्रा तय गरेको हो । सुदूरपश्चिमका प्रिन्स दाहालले नम्बर एक खेलाडी रत्नजितलाई २१ । १८, २१ । १४ ले पाखा लगाउँदै फाईनल प्रवेश गर्ने आशा दिलाएता पनि अन्य खेलाडीहरुले दाहालको लयलाई समात्न नसकेका कारण सेनालाई जित सुम्पना बाध्य भयो ।
घोराहीस्थित कभर्डहलमा भएको प्रतियोगिताको पुरुष एकलमा पुलिसका पूर्ण बहादुर बोहराले प्रदेश ३ का भोज बहादुर गुरुङ्खलाई २१ । १३, २१ । १२ ले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका छन् । यस्तै प्रदेश ५ का बिश्व नेपाल र पुलिसका जिवन आचार्यको जोडी पनि दोश्रो चरण प्रवेश गर्न सफल भए । बिश्वले सुदूरपश्चिमका प्रियांशु सिंह क्षेत्रीलाई ११।२१, २१।१३, २१।६ ले तथा जीवनले प्रदेश ३ का निश्चल बस्नेतलाई २१।७, २१।११ ले पराजित गरे ।
स्क्वास : कृष्णाद्वारा भावना पराजित
आठौंअन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको महिला सिंगल्समा गण्डकी प्रदेशकी कृष्णा थापाले स्वर्ण जितेकी छन्।
ललितपुरको सातदोबाटोस्थित स्क्वास एकेडेमीमा भएको राउन्ड रोविन लिगको फाइनल सरह प्रतिस्पर्धामा कृष्णाले डिफेन्डिङ च्याम्पियन प्रदेश ३ की भावना सुनुवारलाई ७–११, ११–५, १३–११, ७–११ र ११–७ को सेटमा पराजित गरिन्। ६ खेलाडी सहभागी लिगमा यो खेलअघि कृष्ण र भावनले समान ४–४ खेल जितेका थिए।
पुरुष सिंगल्समा कृष्णाका भाइ अमृत थापा मगर च्याम्पियन बनिसकेका छन्। विपना ब्लोन र स्वास्थानी श्रेष्ठ तेश्रो भए । दुवै प्रदेश ३ का हुन्। पुरुष टिममा प्रदेश ३ पहिलो भयो । फाइनलमा प्रदेश ३ ले गण्डकीलाई २–१ ले हरायो। प्रदेश १ र एपीएफ संयुक्त रुपमा तेश्रो भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।