काठमाडौं– आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगितामा एनआरएनए (अस्ट्रेलिया) का संरक्षकभूषण वज्राचार्यले टोलीलाई सोमबार पहिलो स्वर्ण दिलाएका छन्।
बुटवलमा भएको पुरुष सिंगल्स फाइनलमा संरक्षकले आर्मीका प्रणव खनाललाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे। गण्डकीका प्रदीप खड्का र एपीएफका सन्तोष खत्री तेश्रो भए।
महिला सिंगल्सको उपाधि एपिएफकी प्रेरणा कोइरालाले जितिन्। फाइनलमा प्रेरणाले नेपाल आर्मीकी अभिलाषा विष्टलाई ६–० र ६–२ को सीधा सेटमा हराइन्। आर्मीकी इरा रावत र प्रदेश ३ की रायना शाह संयुक्त रुपमा तेश्रो भए।
साइक्लिङ : ओकश र लक्ष्मी पहिलो
आठौंअन्तर्गत राष्ट्रिय साइक्लिङको पुरुषमा आर्मीका ओकेशराज वज्राचार्य तथा महिलामा प्रदेश ३ की लक्ष्मी मगरले स्वर्ण जितेका छन्।
गाभरमा भएको प्रतियोगितामा ४.६ किलोमिटरको ५ ल्याप ओकेशले १ घण्टा २५ मिनेट ०९ सेकेन्डमा पूरा गरे। आर्मीका हिमाल टमाटा (१ घण्टा २६ मिनेट ०६ सेकेन्ड) दोश्रो तथा गण्डकीका हिक्मत विक (१ घण्टा २६ मिनेट ४४ सेकेन्ड) तेश्रो भए।
४.६ किलोमिटरको ४ ल्याप लक्ष्मीले १ घण्टा २० मिनेट ५२ सेकेन्डमा पार गरिन्। गण्डकीकी उषा खनाल (१ घण्टा ३३ मिनेट ३८ सेकेन्ड) दोश्रो तथा प्रदेश ३ की निर्जला ताम्राकार (१ घण्टा ३५ मिनेट ५६ सेकेन्ड) तेश्रो स्थानमा रहे। एकदिने क्रस कन्ट्री साइक्लिङमा ६ प्रदेशबाट ३० पुरुष र १२ महिला खेलाडी सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।