काठमाडौं- प्रहरीलाई ३ लाख घुस दिन खोज्ने दिल्ली–काठमाडौं चल्ने टुरिस्ट बसका चालकसहित ३ जना पक्राउ परेका छन्।
भारतको दिल्लीबाट काठमाडौं चल्ने ना ५ ख ४८४२ नम्बरको बसका चालक श्याम विश्वकर्मा, सुर्खेतकी दीपा राना र नुवाकोट ककनीका भरत तामाङलाई पक्राउ गरी सोमबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो।
करिब ५५ लाख ८८ हजार लत्ताकपडा अवैध रुपमा नेपाल भित्र्याएका उनीहरुलाई प्रहरीले गत चैत्र ३० गते साँझ काठमाडौंको चमतीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त लामाले जानकारी दिए। बसमा लुकाएर ल्याएको सो अवैध लत्ताकपडा छुटाउन प्रहरीलाई घुस दिन लागेको ३ लाख रुपैयाँ पनि बरामद गरिएको छ। सर्लाहीका चालक विश्वकर्माले विश्वकर्मालाई सो काममा सहयोग गर्ने तामाङसँग रहेको ५० हजार नगद पनि बरामद गरिएको परिसर प्रमुख लामाले बताए।
प्रहरीले भारतबाट अवैध लत्ताकपडा भित्रिएको सूचनाको आधारमा सो टुरिस्ट बसमा खनतलासी गरेको थियो। उनीहरुको साथबाट थप एक लाख नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।