काठमाडौं- इंग्लिस प्रिमियर लिगमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ। लिभरपुलले चेल्सीलाई २-० ले हराएको हो।
लिभरपुरका लागि साडियो मानेले खेलको ५१ मिनेटमा पहिलो गोल गरे। २ मिनेटपछि मोहमद सलाहले दोस्रो गोल गरे।
अर्को खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-१ गोलले हरायो। सिटीका लागि पाउल स्टर्लिङले १५ र ६३ मिनेटमा गोल गरे। यस्तै गाब्रियल जेससले ९० मिनेटमा तेस्रो गोल गरेका थिए। त्यसअघि प्यालेसका मिलिभोजेभिकले ८१ मिनेट गरेको गोल सान्त्वनामै सीमित भयो।
लिगमा लिभरपुल ३४ खेलबाट ८५ अंक जोड्दै शीर्ष स्थानमा छ। म्यानचेस्टर सिटी ३३ खेलबाट ८३ अंक जोडेर दोस्रो स्थानमा छ। तेस्रो स्थानको टोटनह्यामको ६७ र चौथो स्थानको चेल्सीको ६६ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।