जनकपुर– महोत्तरीको सम्सीबाट लागूऔषधसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
महोत्तरीको सम्सी प्रहरी चौकीबाट खटिएको टोलीले महोत्तरीको बर्दिवास नगरपालिका–९ का देव कृष्ण महतो, धनुषाको बटेश्वर गाउँपालिका १ का राम देव महतो, २ का विजय कुमार महतोलाई चेकजाँचको क्रममा लागू औषधसहित पक्राउ गरेको हो।
सम्सी प्रहरी चौकीका इन्चार्ज आदित्य नारायण सिंहले दिएको जानकारी अनुसार पक्राउ परेकाहरूका साथबाट प्रहरीले नाइट्रोभेट ट्याब्लेट ६ सय थान बरामद गरेको छ।
साथै उनीहरुले प्रयोग गरेको ज९प ६३७१ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।