काठमाडौं- आइबार बिहान लुक्ला विमानस्थलमा रन-वेबाट चिप्लिएर दुर्घटना भएको जहाज को-पाइलटले उडान गरेको आंशका गरिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको एक स्रोतका अनुसार जहाज (टेकअफ)का समयमा को-पाइलटको कमान्डमा रहेको थियो।
‘टेकअफका समयका को-पाइलटलाई जहाज ह्यान्डलिङ गर्न दिनु नै दुर्घटनाको कारण हुनसक्छ,' स्रोतले भन्यो, ‘लुक्लाबाट जहाज रामेछापको मन्थली विमानस्थल आउन लाग्दा यात्रु नभएको अवस्थमा पाइलटले को-पाइलटलाई जहाज कमान्ड गर्न दिएको शंका गरिएको छ।’
यस विषय छानबिनपछि मात्र विस्तृत रुपमा भन्न सकिने स्रोतको भनाइ छ। जहाज रनवेबाट चिप्लिएर दुर्घटना हुँदा दायाँ पट्टीको हेलिकोप्टर पार्किङ स्थलमा गएर दुर्घटना भएको छ।
दुर्घटनामा को-पाइलट नै निधन भएको छ। को-पाइलटको हेलिकोप्टरको रोडर ब्लेडबाट काटिएर मृत्यु भएको छ।
यो ठाउँमा हेलिप्याड नभएको भए मानवीय क्षति नहुने समेत प्राधिकरण स्रोतको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।