काठमाडौं– प्रहरीलाई ३ लाख ५० हजार रुपैयाँ घुस दिन खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–१५ चमतीस्थित बा ५ ख ४८४२ नम्बरको बसमा अवैध रुपमा ल्याएको लत्ताकपडाहरू बरामद गर्ने क्रममा डिउटीमा खटिएको प्रहरीलाई ३ लाख ५० हजार घुस दिएर छोड्न लगाउने चालकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा बसका चालक काठमाडौं महानगरपालिका–१५ स्वयम्भू बस्ने सर्लाही घर भएका २६ वर्षीय श्याम विश्वकर्मा, काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने सुर्खेत घर भएका ३२ वर्षीय दीपा रानामगर र नुवाकोट ककनी गाउँपालिका–२ घर भएका २९ वर्षीय भरत तामाङ रहेका छन्।
उनीहरूलाई आवश्यक कारबाही गरिने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।