काठमाडौं– राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको आन्तरिक र अन्तर्राष्ट्रियतर्फ गरी २६ प्रतिशत उडान रद्द हुने गरेको फेला परेको छ।
महालेखा परीक्षकको कार्यालयले केही दिन अगाडि मात्रै सार्वजनिक गरेको ५६औं वार्षिक प्रतिवेदनमा निगमले आय वृद्धि र साख कायम गर्ने गरी गुणस्तरीय सेवा दिन नसकेको विषय समावेश गरेको छ।
यो वर्ष निर्धारित तालिकाअनुसार उडान नभई निगकका २६ प्रतिशत उडान रद्द भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
महालेखा अनुसार निगमको अन्तर्राष्ट्रिय उडानतर्फ २० प्रतिशत र आन्तरिक उडानतर्फ २९ प्रतिशत उडान रद्दभै समग्रमा २६ प्रतिशत उडान रद्द भएको छ।
उडान रद्द हुँदा यात्रुलाई असुविधा हुने, निगमको आम्दानी घट्ने र साखमा गिरावट आउने अवस्था आउने हुँदा उडानलाई व्यवस्थित गर्नु पर्ने महालेखाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।