सुडानका राष्ट्रपतिलाई अपदस्थ गर्ने सेना प्रमुखले दिए राजीनामा

नेपाल लाइभ | २०७५ चैत ३० शनिबार | Saturday, April 13, 2019 ०७:३८:०० मा प्रकाशित

एजेन्सी– सुडानमा लामो समयदेखि सत्ता चलाइरहेका राष्ट्रपति ओमर अल बसिरलाई अपदस्थ गरेका सेना प्रमुख अवाद इब्न औफले  राजीनामा दिएका छन्।

अवादले पद छोड्ने फैसला एक सरकारी टिभीमार्फत दिएका हुन्। उनले लेफ्टिनेन्ट जनरल अब्दुल फतह अब्दुररहमा बुरहानलाई सुडानको नेतृत्वका लागि जिम्मा लगाएका छन्।

अवाद सुडान मिलिट्री आउन्सिलका प्रमुख पनि थिए। उनकै अगुवाइमा बुधबार बसिरलाई अपदस्थ गरिएको थियो।

बसिरले राष्ट्रपतिबाट राजीनामा दिएपछि सुरु भएको प्रदर्शन नरोकिएको अवस्थामै अवादको यस्तो निर्णय आएको हो। बसिरलाई पदबाट हटाएपछि सेनाले सुडानमा संकटकाल घोषणा गरी कर्फ्यु पनि लगाएको थियो। तर यसका बाबजुद बसिर समर्थक जनताहरुले राजधानी खार्तुममा सेनाको मुख्यालयअघि नै प्रदर्शन गरेका थिए।

बसिरलाई हटाएपछि अवादले दुई वर्षपछि चुनाव गर्नेबारे सोचिरहेको बताएका थिए। तर जनताहरु उनको यो निर्णयबाट सन्तुष्ट छैनन्। उनीहरु चाहन्छन् सुडानमा नागरिक शासन नै रहोस्।