काठमाडौं– नेपाली लोकदोहोरी जगतमा नयाँ गीत 'चल्यो बतास' बजारमा आएको छ।
सुसेली म्युजिक प्रालिले प्रस्तुत गरेको गीतमा सुरेन्द्र गिरी र सपना थापाको स्वर रहेको छ।
गीतमा लोक दोहोरीमार्फत केटा र केटी बीचको प्रेम प्रस्तुत गरिएको छ।
शितलराज गिरी र सुरेन्द्र गिरीको शब्द रहेको गीतमा शितलराज गिरीले नै संगीत दिएका छन्।
गीतमा संगीत संयोजन विष्णु तामाङले गरेका छन्। विक्रम गिरी र रोशनी खड्काको अभिनय रहेको गीतको म्युजिक भिडियोको निर्देशन सुरेन्द्र र नवीन विरही श्रेष्ठले गरेका छन्।
दिलिप राईको नृत्य निर्देशन रहेको भिडियो छांयाकन महेश महरा र सम्पादन चेतन सागरले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।