• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सत्ताबाहिरका नेताहरू भन्छन्- सरकारविरुद्ध अब संयुक्त आन्दोलन

‘गैंडालाई सिस्नु लाउनु र सरकारलाई भन्नु एकै’
64x64
नेपाल लाइभ शुक्रबार, चैत २९, २०७५  १८:३६
1140x725

काठमाडौ‌ं– सत्ताबाहिरका दलका नेताहरूले सरकारका विरुद्ध संयुक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र संसदमा प्रतिनिधित्व नगर्ने दलका नेताहरूले एकै स्वरमा सरकारका विरुद्धमा आन्दोलनको विकल्प नरहेको बताएका हुन्।

प्रतिपक्ष दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवादेखि राष्ट्रवादी एकता केन्द्रका चन्द्र बहादुर थापासम्मले ‘नाम मात्रको कम्युनिस्ट सरकार' विरुद्धको आन्दोलन सशक्त बनाउने चेतावनी दिएका हुन्।

सत्ता बाहिरका ११ विद्यार्थी संगठनले दलका नेताहरूलाई एकै स्थानमा उभ्याइ सरकारविरुद्ध आवाज बढाउने अवस्था जुराइदिएको थियो।

नेपाली कांग्रेसका सभापति देउवाले आन्दोलनका लागि तयार रहन नेता कार्यकर्तालाई अनुरोध गरे। सरकारप्रति तीव्र असन्तुष्टि जनाएका देउवाले भने, ‘देखाउन लायक ओली सरकारले एउटै काम गरेको छैन।’

निर्मला पन्तको बलात्कारीलाई वर्तमान सरकारले बचाएको आरोप लगाए। प्रधानमन्त्रीलाई करप्रसादको संज्ञा दिदै भने, ‘केपी ओली होइन,कर प्रसाद ओली नाम राख्नपर्छ।’

नेकपा विप्लव समूहलाई हत्या हिंसा छोड्न आग्रह गर्न सरकारलाई सुझाव दिए।

उनले विप्लवको पार्टीलाई भने, ‘बम पड्काएर केही हुने वाला छैन।’ राष्ट्रवाद र देश भक्ति ओलीमा कहाँ छ? भन्दै प्रश्न गरे। संवैधानिक परिषद्को बैठकमा आउन नसक्ने जानकारी दिँदा दिँदै पनि बैठक डाकिएको भन्दै सरकारको आलोचना गरे।

उनले सरकार असहिष्णु देखिएको बताए। प्रहरी शान्ति सुरक्षा कायम गर्न नसके मात्रै सेना परिचालन हुने बताउँदै देउवाले भने, ‘सुरक्षा परिषदको बैठक बिना सेना परिचालन गरी ओलीले के गर्न खोजेका?’

Ncell 2
Ncell 2
nimb
nimb

क्रान्तीकारी माओवादीका महासचिव मोहन वैद्यले कांग्रेस, मधेसवादी र सत्ता बाहिर रहेका कम्युनिस्ट एक स्थानमा आउने परिस्थिति बनेको प्रति खुसी व्यक्त गर्दे भने, ‘कम्युनिस्ट नामधारी सरकारसँग सडकमा ओर्लनपर्छ।’

वर्तमान सरकार कम्युनिस्टको सरकार हुनै नसक्ने दाबी गरे। नाम कम्युनिस्ट भएको वर्तमान सरकारको आचरण गैर कम्युनिस्टको रहेको जिकिर गरे। सत्ता भन्दा बाहिर रहेका वास्तविक कम्युनिस्ट भएको उनले दाबी गरे। उनले भने, ‘सरकारमा रहेको डबल नेकपा हो।’

कांग्रेस सह-महामन्त्री डा प्रकाश शरण महतले ओलिको राष्ट्रियताको मुद्धा सत्तामा जाने भर्‍याङ भएको आरोप लगाए। उनले भने, ‘यो सरकार न कम्युनिस्ट सरकार हो, न उदार लोकतान्त्रिक सरकार हो।’

संस्थागत भ्रष्टाचार लाख र करोडमा हुन छोडेको भन्दै सरकार भ्रष्टाचारी भएको आरोप लगाए। उनले सत्तामा रहेको संघीय समाजवादी फोरमलाई सरकार छोडी आन्दोलनमा आउन आग्रह गरे। राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले महंगी, हत्या,हिंसा बढिरहेको छ,कसरी ठीक ठाक छ? भन्दै प्रश्न उठाए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सरकारका विरुद्ध आन्दोलनमा उत्रन विद्याथी संगठनलाई आह्वान गरे। झापा काण्डमा र सशस्त्र युद्धमा व्यक्ति हत्या गरेका सरकारमा हुन मिल्ने तर पहिचानको आन्दोलनमा लागेका रेशम चौधरीलाई आजीवन काराबास तोकेको भन्दै असन्तुष्टि जनाए।

नेकपाले सिके राउतलाई मधेसको दूत बनाएको आरोप लगाए। माओवादी केन्द्र नेता गोपाल किराँती नेपाललाई अफगनिस्तान बनाउने वर्तमान सरकारले प्रयत्न गरिरहेको जिकिर गरे।

‘सिके राउतसँग गरेको सम्झौताकै भाषामा कांग्रेसले त्यस्तै सम्झौता गरेको भए के हुन्थ्यो?’ उनले प्रश्न गरे, 'नेकपाले कांग्रेसको सरकारलाई उखेलेर फाली दिने थियो।’

अबको आन्दोलनका लागि वैद्य र देउवाले नेतृत्व लिन आग्रह गरे। राष्ट्रवादी केन्द्रका नेता चन्द्र बहादुर थापाले विदेशीले उत्पादन गरेको वस्तु खरिद गरी युवा बेच्ने काममा सरकार लागेको बताए।

जनताले प्रतिपक्ष नदेखेको औंल्याउँदै देउवालाई आग्रह गरे, ‘तपाईं प्रतिपक्ष दलको भूमिका देखाउनुस्। हामी साथ दिन तयार छौं।’

मालेका महासचिव सिके मैनालीले सरकार सीपी मैनाली छिर्के विर्के राष्ट्रवादी भएको बताए। सत्ता बाहिरका दलले कम्युनिस्ट नामधारी सरकारसँग लडन साझा एजेण्डा तय गर्न नेताहरूलाई आग्रह गरे।

नेपाल कम्युनिस्ट पार्टीका नेता ऋषि कट्टेलले लुटतन्त्रका अनेक श्रृङ्खला वर्तमान सरकारले देखाएको आरोप लगाए।

नेताहरूले विद्यार्थी आन्दोलन बाटोबिहीन भएको प्रति चिन्ता व्यक्त गरे। साथै, वर्तमान सरकारलाई गैडालाई सिस्नु लगाए सरह भएको बताउँदै सरकारका बारेमा बोल्नु अर्थहीन भएको बताए।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५  १८:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ?
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित
सम्बन्धित सामग्री
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
कार्टुन सोमबार, कात्तिक २, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना खनाललाई मुटुसम्बन्धी सामान्य समस्या देखिएपछि आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव मिलन उपाध्यायले जा... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्