काठमाडौं– अपराध अनुसन्धान, नियन्त्रण तथा शान्ति सुव्यवस्था कायम राख्ने कार्यका लागि केन्द्रीय अपराध अनुसन्धान विभाग, केन्द्रीय अनुसन्धान ब्युरोका साथै प्रहरी संगठनका अन्य निकाय कार्यरत छन्।
तर अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने कार्य प्रभावकारी हुन नसकेको महालेखाले जनाएको छ। अपराधका घटना प्रत्येक वर्ष बढ्दो क्रममा रहेको र छानबिन गरी समयमै टुङ्गो लगाउन नसकेको महालेखाको तथ्याङ्कले देखाएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष अपराधका घटना करिब २५ प्रतिशतले बढेको छ।
प्रकृतिगत रुपमा संगठित तथा आर्थिक अपराध २९.५८, सामाजिक अपराध ४०.८९, महिला तथा बालबालिका सम्बन्धी ३३.४५ प्रतिशतले बढेको महालेखाको तथ्याङ्क छ। दर्ता भएका मुद्दाहरु फछ्र्यौट दर करिब ३५ प्रतिशत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।