काठमाडौं– सशस्त्र प्रहरी बलले प्रचलित मूल्यभन्दा ९५ प्रतिशत कम मूल्यसम्ममा ठेक्का लगाएको पाइएको छ।
यस आर्थिक वर्षमा स्टेशनरी, मसलन्द तथा कार्यालय सञ्चालन लगायतका सामान खरिद गर्न २२ करोड ३८ लाख ९१ हजार लागत अनुमान गरिएको थियो। जसका लागि १३ खरिद ठेक्कामा १५ करोड ८२ लाख ४ हजारमा सामान आपूर्ति गर्ने गरी सम्झौता भएको पाइएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा जनाइएको छ।
लागत अनुमानको तुलनामा स्टेशनरी आपूर्तिमा ९५ प्रतिशत, मसलन्दमा ६७ प्रतिशत, आर्मोरमा ६८ प्रतिशत, कार्यालय सञ्चालनमा ६२ प्रतिशतसम्म घटीमा कबोल भएअनुसार ठेक्का स्वीकृत भएको छ।
प्रस्तावित दर विश्लेषण गर्दा माग घटी हुने सामान न्यून मूल्यमा तथा अधिक माग हुने सामान उच्च मूल्यमा उपलब्ध गराउने गरी प्रस्ताव गरे पनि न्यून कबोल गरेको वस्तु आपूर्ति नगरेको साथै बोलपत्रमा उल्लेख भएभन्दा फरक किसिमका सामग्री प्रचलित बजार मूल्यमा उपलब्ध गराएको महालेखाले औंल्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।