फाइल तस्बिर : नेपाली कांग्रेस र फाेरम लाेकतान्त्रिकबीच पार्टी एकता हुँदै।
काठमाडाैं- नेपाली कांग्रेसमा पार्टी एकता गरेको तत्कालीन मधेसी जनाधिकार फाेरम (लोकतान्त्रिक) सदस्य २५ हजार ४ सय ६८ रहेको जनाइएको छ।
तत्कालीन लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले कांग्रेस उपसभापति विमलेन्द्र निधीलाई आफ्नो विघटित पार्टीमा भएका क्रियाशील सदस्यहरुका साथै महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुको नामावली बुझाएका हुन्।
केन्द्रीय समितिको कार्तिक २० को निर्णयले नेताकार्यकर्ता समायोजनका लागि उपसभापतिको संयोजकत्वमा एक समिति गठन गरेको थियो।
नेपाली कांग्रेस र तत्कालीन लोकतान्त्रिक फोरमका सांगठनिक संरचना, भ्रातृ संघ एवम् शुभेच्छुक संस्थाको समायोजन गठित समितिका संयोजकलाई गच्छदारले सदस्यहरुको नामावली बिहीबार बुझाएका हुन्।
लोकतान्त्रिक फोरमका तत्कालीन अध्यक्ष गच्छदारलाई कांग्रेसमा उपसभापतिको पदमा मनोनयन गरिएपनि उनी पक्षीय नेताकार्यकर्ताले जिम्मेवारी पाएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।