नयाँ दिल्ली– भारतकाे उत्तर प्रदेश राज्यका मुख्यमन्त्री याेगी आदित्यनाथमाथि चुनाव आयाेगले कारण देखाउन पत्र पठाएकाे छ। कथित साम्प्रदायिक बयानबाजी गरेकाे आराेपमा आयाेगले मुख्यमन्त्री आदित्यनाथमाथि कारण खुलाउन पत्र पठाएकाे हाे।
गत अप्रिल ९ मा आदित्यनाथले मेरठमा भएकाे एक चुनावी र्यालीलाई संवाेधनका क्रममा साम्प्रदायिकताकाे पक्षपाेषण गरेकाे भन्दै उजुरी परेकाे थियाे। 'यदि सपा-बसपालाई अलीमाथि विश्वास छ भने हामीलाई बजरंगबलीमाथि विश्वास छ', उनले भनेका थिए।
यस सम्बन्धमा आदित्यनाथले आदर्श आचारसंहिताकाे उल्लंघन गरेकाे आयाेगकाे बुझाइ छ। आयाेगले शुक्रबार साँझसम्म जवाफ पठाउन भनेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।