जनकपुर– सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राष्ट्रिय जनता पार्टी नेपाललाई वार्ताको माध्यमबाट सामाधान खोज्न आग्रह गरेका छन्।
नेपाल टेलिकमको एक कार्यक्रममा सहभागी हुन जनकपुर आएका मन्त्री बाँस्कोटाले जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारविरुद्ध आन्दोलनका घोषणा गरेको राजपालाई वार्ताबाट समाधान खोज्न आग्रह गरेका हुन्।
‘राजपाको उचित माग सरकारले सम्बोधन गर्नेछ। तर, अदालतको मुद्दामा हामी केही गर्न सक्दैनौं’, बाँस्कोटाले भने,‘अदालतको छुट्टै मर्यादा भएकोले त्यसमा सरकारले केही गर्न मिल्दैन्। त्यस्तैले अदालती प्रक्रिया बाहेकका माग वार्ताको माध्यमबाट सम्बोधन गरिनेछ।’
जन्मसिद्ध नागरिकका सन्तानलाई सर्वाेच्च अदालतले रोक लगाएको सञ्चारकर्मीको जिज्ञासामा मन्त्री बाँस्कोटाले कुनै पनि नेपाली नागरिकलाई नागरिकताबाट वञ्चित नगरिने र कानुन बनाएर त्यसलाई व्यवस्थापन गर्ने बताए।
उनले प्रदेश सरकारलाई अधिकार हस्तान्तरण नगरिएको कुरामा भने संघीय सरकारले सबै अधिकार दिने प्रक्रियामा भएको बताउँदै नयाँ अभ्यास भएकोले केही समय लाग्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।